नेपाली किबोर्ड


यो एक अत्यन्त सरल नेपाली किबोर्ड हो । कुनै समस्या बिना नै यसको प्रयोगबाट नेपाली युनिकोड टाईपिङ गर्न सकिन्छ यसका लागि कुनै converter site या software को सहयोग लिनु आवश्यक छैन । email, Facebook, Word  या कुनै पनि site वा Software मा सिधै टाईप गर्न सकिन्छ यसका लागि अनलाईन हुनु पर्ने आवश्यकता पर्दैन तथा जस्तो सुकै जोडिएका अक्षरहरू तथा आधा अक्षरहरु किबोर्डबाट नै टाईप गर्न सकिन्छ यसका लागि symbol मा जानुपर्ने तथा short cut key सेट गर्नुपर्दैन । यसको प्रयोग विधि सम्बन्धि कुनै पनि समस्या परेमा मलाई निर्धक्क भएर सोध्नुहोला । नेपाली विद्युतीय छापाहरूमा भएका युनिकोड नेपाली टाईपिङ सम्बन्धी गल्तीले मेरो मनमा बनाएका डोबहरूको उपज नै यो किबोर्ड बनेर आएको छ यदि समस्यालाई समाधान गरेर शुद्ध नेपाली भाषालाई सबै सामु पेश गर्न सकेमा हामी हाम्रो मेहनतको फल प्राप्त भएको ठान्ने छौं ।

निःशुल्क डाउनलोड गर्नुहोस्                                      
सहायताका लागि 


If you have windows vista or windows 7

Please download nepali folder from the above link. After that you can see nepali folder, then open the folder you can see a setup file.
Click on setup file and run the setup. After installation please check your installation.
1. Go on control panel.
2. Click on Region and Language.
3. Click on Keyboards and languages tab.

You can see saral nepali keyboard on the dialog box if your installation is successful.
Then check on your task bar, you can see EN then click on EN and check on NE then start to typing
If you want to change keyboard using short-cut key please press alt+shift together.

If you have Windows Xp

Before installing Unicode Saral Nepali Keyboard, in your computer if Windows XP is installed, please consider that you need to install Complex scripts in your computer. To install the complex scripts in your XP installed computer, please follow the following instruction given to you. For Vista and Windows 7 no need to do this process

Requirement:

1. Operating system (OS) CD, for e.g. Win XP CD
2. CD or Downloaded Copy of Saral Nepali Keyboard

To install Complex scripts in your computer:

1. Go to Control Panel
2. Double Click on the Regional and Language Options icon.
3. You will find Three Tabs (Regional Options, Language and Advanced) on the top.
4. Click On the Languages tab, you will find the two checkbox unmarked. To install Unicode, You have to mark the upper one check box written a text of “files for Complex script and right-to-left languages (including Thai"). When you click on it, an Alert window will appear. Click on the OK button.
5.Now, Click on Apply Button of this Language Tab thereafter, you will be asked for Win XP CD. Then insert XP cd in your CD ROM.
It will take certain time in copying some scripts from XP cd to your computer.
6. After installing the complex script you'll be asked to restart the computer.
Click on YES button to restart the computer. more

Install गरिसकेपछि अभ्यासको लागि किबोर्डको नमुना जो तस्विरमा छ, हेरेर अभ्यास गर्नुहोला । हाम्रो अहिले सम्मको अनुभवमा अंग्रजी टाईप गर्नसक्ने व्यक्ति ७ दिनमा नै राम्रोसँग नेपाली युनिकोडमा टाईप गर्न सक्नेछ । प्रायः सबै अक्षरहरू किबोर्डबाट नै गर्न सकिन्छ । तस्विरमा हेर्नुहोला ।

यो किबोर्डमा अभ्यास गरिसकेपछि संस्कृत, नेपाली, हिन्दी, मराठी आदि कुनै पनि देवनागरी लिपिमा  लेखिने भाषा सजिलै टाईप गर्न सक्नुहुनेछ जस्तो संस्कृतमा प्रयोगहुने ऽ, ॣ, ऌ, ॄ ः, ॑, ॒ आदि  हिन्दीमा  ज, र, ड आदिका मुनि थोप्लो ज़ गर्न { थिच्नुहोला । मराठीमा लेखिने ळ कालागि : थिच्नुहोला यी सबै यो किबोर्डबाट गर्न सक्नुहुनेछ । शुद्ध संस्कृत टाईप गर्नकोलागी Sanskrit 2003 font प्रयोग गर्नुभए राम्रो हुनेछ जो गुगल सर्च गरेर internet मा निःशुल्क download गर्न सक्नुहुनेछ । अन्य युनिकोड देवनागरी फन्टहरू पनि ईन्टरनेटमा पाईन्छन् । आवश्यक परेमा केही देवनागरी युनिकोड फन्टहरू हामी पनि उपलब्ध गराउँन सक्नेछौ ।
  • कुनै पनि अक्षरलाई आधा गर्नकोलागि f press गर्नुहोला ।
  • जस्तो क् लेख्नकोलागि k f गर्नुपर्छ ।
  • य को अगाडी लेखिने र ( र्‍य) लेख्नकोलागि र लाई पहिले f थिचेर आधा र् गर्नुहोला  र Ctrl  र Shift लाई एक साथ थिचेर 1 (एक) लाई थिच्नुहोला त्यस पछि y थिचेर य लेख्नुहोला ।
  • कहिले काही हल् वर्णलाई परवर्णसँग नजोड्नु पर्ने पनि अवस्था हुन सक्छ जस्तो "जगत्‌को" यसमा त् कारलाई ककारमा गएर नजोडियोस् भन्ने चाहनुहुन्छ भने त् लेखेर Ctrl र Shift लाई एकसाथ थिच्नुस् र 2 थिच्नुहोस् जसरी र्‍ कालागि 1 थिच्नुभएको थियो ।
  • नेपाली लेख्दा लेख्दै अंग्रजी या अंग्रेजी लेख्दा लेख्दै नेपाली टाईप गर्नुपरेमा या coma (,) आदि कुनै अंग्रजी क्यारेक्टर चाहिएमा एक साथ Alt  Shift थिच्नुहोला ।
नेपाली भाषा देवनागरी लिपिमा लेखिने हुनाले देवनागरी लिपिका केही नियमहरू छन् त्यसलाई पनि यहाँ उल्लेख गरिदैछः-
  • नेपाली भाषामा क्ष, त्र, ज्ञ लाई स्वतन्त्र वर्ण माने पनि देवनागरी लिपिमा यी संयुक्त वर्णहरू हुन् । क् + ष= क्ष हुन्छ । त्+र= त्र हुन्छ । ज्+ञ= ज्ञ हुन्छ ।
  • नेपाली  भाषामा हामीहरू जसलाई आधा अक्षर भन्छौ ती स्वरवर्ण रहित व्यञ्जन वर्णहरू हुन् ।
  • पाणिनीय व्याकरण अनुसार स्वरवर्णहरूलाई अच् र व्यञ्जन वर्णहरूलाई हल् भनिन्छ ।
  • वास्तवमा हल वर्ण अच् को सहायता विना उच्चारण गर्न सकिदैन यसैले वर्णमालामा क अकारका साथ राखिएको हो । यहाँ अ को प्रयोजन केवल उच्चारणका लागि नै हो ।  
  • देवनागरी लिपिको एक नियम छ अच् रहित वर्णहरू परवर्णमा गएर मिल्ने गर्छन् । जस्तो ट्ट मा  ट् ट हु्न्छ । 
तपाईंहरूले यो किबोर्डमा यही नियम पाउनुहुनेछ यसैले कुनै पनि जोडिएका अक्षरहरू किबोर्डबाट नै लेख्न सक्नुहुने छ ।
    देवनागरी लिपिका लागि Microsoft को default font Mangal हो यसैले यसमा केही जोडिएका अक्षरहरू दुरुस्त लेख्न नसके पनि अन्य युनिकोड देवनागरी Font मा परिवर्तन गर्न सकिन्छ । जस्तो विद्या । यसमा द् यमा पुरा जोडेर लेखिन्छ, (दायाँ को तस्विरमा हेर्नुस्)  तर mangal fonts मा यो हुदैन । यो सुविधाका लागि तपाईंसँग अन्य Fonts हुनु आवश्यक छ । एकपटक युनिकोडमा टाईप गरेपछि कुनै पनि युनिकोड fonts मा change गर्न सक्नुहुनेछ । विभिन्न style का अक्षरहरू लेख्न सकिने Font हरू बजारमा उपलब्ध छन् । जस्तो मधुमासको heading हेर्नुस् ।

    धन्यवाद् ।

    No comments:

    Post a Comment