मधुमास: गीत

बादलुको घुम्टोओडी 
-भरत पौडेल 
बादलुको घुम्टो ओडी, न्यानोमान्छ हिमालले 
पहाडले छाती ढाक्छ, गुराँसको रुमालले
सगरमाथा छुनखोज्दै, चाँदनीलाई जिस्काउँछ
सारादृष्य हेर्दै तराई, मन्द मन्द मुस्काउँछ

नदीहरु धागोबनी, तीन प्रदेशको फूल उन्छन्
दोभान अनि त्रिवेणीले, एकताको सन्देश दिन्छन्
हिमालका प्रतिविम्ब, तालभरी सेतै फुल्छन्
प्रकृतिको छटाभित्र, कोइली गाउँछे डाँफे नाच्छन्

स्वयंभूले आँखा खोल्छ, ज्ञानका ती दीप जलाई
लुम्बिनीले सन्देश दिन्छ, शान्तिका ती धून बजाई
अमृतधारा बगाएर, बग्ने हाम्रा मेची काली
भिन्न जाति, भाषा, धर्मी, हामी एकै हौं नेपाली

1 comment:

  1. यति मधुर शब्द प्रयोग गरिएको राष्ट्रिय गीतमा संगीत भरेर सुन्ने रहर जागेर आयो ।

    मेलिना दवाडी
    बिराटनगर

    ReplyDelete