निद भाग्यो तिम्रो यादले
-भरत पौडेलछाती भरी ज्वालामुखी, आगो थप्छ उन्मादले
यो जवानी धूपजस्तो, तिम्रो रुपले तेल थप्छ
चाहनाको खहरेलाई, उरालेर भेल बग्छ
सागरसरी तिम्रा नयन, कल्पनामा पिउने गर्छु
प्यासवढ्छ भित्रझनैं, छटपटीमा जीउने गर्छु
मिठास छ जलन भित्र, तिम्रो रापले जल्न पाए
जीन्दगी छ नशाभित्र, तिम्रो मातले ढल्न पाए
यो बैशले तीर छोड्छ, मुटुछेड्ने बाटो गरी
जाकिएर प्रितबन्छ, रहरभित्र तातो गरी
निदभाग्यो तिम्रो यादले, देह चिल्यो चिसो रातले
छाती भरी ज्वालामुखी, आगो थप्छ उन्मादले
No comments:
Post a Comment