टाढा टाढा नजाऊ तिमी पर्खिएरै मन थाक्नेछ
साथ सम्झेर आँखाभरि आँसुका थोपा छल्की झर्नेछ ।तिमीले चुमेका यी हातहरु सुमसुम्याई म ब्युँझिरहुँला
कहीं यादहरु दुखे भने तस्बिरलाई म सुनाउँला
मेरै सामु नभए तिमी सारा खुशी ओइली झर्नेछ
साथ सम्झेर आँखाभरि आँसुका थोपा छल्की झर्नेछ ।
तिमीले रोपेका यी फूलहरु चलमलाए म हेरिरहुँला
हुरी बतासै चल्यो भने कोपिला छोपी कुरिरहुँला
बाटै भुली नजाऊ तिमी हेर्दाहेर्दै दिनै ढल्नेछ
साथ सम्झेर आँखाभरि आँसुका थोपा छल्की झर्नेछ ।
(गीतकारको हालै बजारमा आएको गीतिसंग्रह चेतना मा रहेको यो गीतमा संगीतकार दीपक भट्टराईको संगीत छ भने मधुर स्वरकी धनी अञ्जु पन्तले यसमा कोकिल कण्ठले मधुरता प्रदान गरेकीछिन्- सम्पादक)
Thankx....
ReplyDeleteHOM
राम्रो गीत लेख्नुहुँदो रहेछ होम सर । नेबिको बिस्कुट त मैले खाएकी थिए तर गीत चाँहि आज चाख्ने मौका पाएँ । चेतना सुन्ने रहर जागेर आयो ।
ReplyDeleteयो गीत प्रकाशित गरेकोमा मधुमासलाई धेरै-धेरै धन्यवाद् ।
मेलिना दवाडी
बिराटनगर
सर चेतना त कति मिठी रै छे ।सर चेतना त कति मिठी रै छे ।
ReplyDeleteप्रतिक्रियाका लागि यहाँहरू सबैलाई धन्यवाद ।प्रतिक्रियाका लागि यहाँहरू सबैलाई धन्यवाद ।
ReplyDelete