मधुमास: गीत

टाढा टाढा नजाऊ तिमी
-होम न्यौपाने
टाढा टाढा नजाऊ तिमी पर्खिएरै मन थाक्नेछ 
साथ सम्झेर आँखाभरि आँसुका थोपा छल्की झर्नेछ ।

तिमीले चुमेका यी हातहरु सुमसुम्याई म ब्युँझिरहुँला
कहीं यादहरु दुखे भने तस्बिरलाई म सुनाउँला

मेरै सामु नभए तिमी सारा खुशी ओइली झर्नेछ
साथ सम्झेर आँखाभरि आँसुका थोपा छल्की झर्नेछ ।

तिमीले रोपेका यी फूलहरु चलमलाए म हेरिरहुँला
हुरी बतासै चल्यो भने कोपिला छोपी कुरिरहुँला

बाटै भुली नजाऊ तिमी हेर्दाहेर्दै दिनै ढल्नेछ
साथ सम्झेर आँखाभरि आँसुका थोपा छल्की झर्नेछ ।                                   

(गीतकारको हालै बजारमा आएको गीतिसंग्रह चेतना मा रहेको यो गीतमा संगीतकार दीपक भट्टराईको संगीत छ भने मधुर स्वरकी धनी अञ्जु पन्तले यसमा कोकिल कण्ठले मधुरता प्रदान गरेकीछिन्- सम्पादक)

4 comments:

  1. राम्रो गीत लेख्नुहुँदो रहेछ होम सर । नेबिको बिस्कुट त मैले खाएकी थिए तर गीत चाँहि आज चाख्ने मौका पाएँ । चेतना सुन्ने रहर जागेर आयो ।
    यो गीत प्रकाशित गरेकोमा मधुमासलाई धेरै-धेरै धन्यवाद् ।

    मेलिना दवाडी
    बिराटनगर

    ReplyDelete
  2. सर चेतना त कति मिठी रै छे ।सर चेतना त कति मिठी रै छे ।

    ReplyDelete
  3. प्रतिक्रियाका लागि यहाँहरू सबैलाई धन्यवाद ।प्रतिक्रियाका लागि यहाँहरू सबैलाई धन्यवाद ।

    ReplyDelete