मधुमास: गजल

शहर बिरामी छ 
-नारायण गाँउले
भत्किएर च्यातिएर शहर बिरामी छ
देख्दैन क्वै सायद सिङ्गो नजर बिरामी छ !

झ्याल-ढोकाले हेपिएको ठान्छन् ,धुरी पनि
आन्दोलित छन् इँटाहरू यो घर बिरामी छ

उज्यालोको दुस्मनी छ आज घामसँगै
रङ्गीन बिहान जन्माउने रहर बिरामी छ

'अब रोबोट-बाट पनि मान्छे जन्मिने भो'
बिहानीको पैलो-पैलो खबर बिरामी छ

खोलाहरू अलग्गिए नदी रह्यो कहाँ
बनेर यो जिन्दगानी बगर बिरामी छ !

(यो गजल स्रष्टाको फेसबुक नोटबाट साभार गरिएको हो - सम्पादक)

1 comment: