मधुमासः कविता

निराश हुन दिन्न म
-सुमित्रा पौडेल

देख्दैछु उदासी तिमीलाई,
तर निराश हुन दिन्न म
बल्झिए झैँ लाग्छ घाउहरु,
तर, पीडा हुन दिन्न म
छचल्किएका तिम्रा नयनमा,
यी हातहरु थापी दिनेछु
नझारिदेऊ तिम्रा ती अमुल्य आँशुहरु
तिम्रै लागि म बाँचिदिनेछु ।

तड्पिरहेको मनलाई
शितलता छाईदिनेछु
अड्किरहेका ती वाक्यहरुमा
तिम्रै ईशाराले मनमा सजाईदिनेछु
तर, उदासी नबनिदेऊ
पीडा हुन दिन्न म ।
तिम्रा ईच्छा र चाहनाहरु,
महसुस गरिरहेछु म
बगेका तिम्रा भावनाहरु,
संगाली राखिदिनेछु म
नबल्झाऊ अतीतलाई
तिम्रै साथमा म हुनेछु
बल्झिए झैँ लाग्छ घाउहरु
तर पीडा हुन दिन्न म ।

जिन्दगीका पानाहरुमा
तिम्रो मुस्कान छरिदेऊ
रोएर होईन तिमी
हाँसेरै बाँचिदेऊ
तिमीलाई भनिरहेछु
तर निराश हुन दिन्न म ।

आज
बिषलाई पनि अमृत ठानी
म आफै पिईरहेछु !
पिईरहनेछु
तर,
तिमीलाई पीडा हुन दिन्न म !!!!!

भरतपुर चितवन
हालः - इजरायल

No comments:

Post a Comment