मधुमासः गजल

घाउ सम्हाल्न आऊ
-होम न्यौपाने 
घाउ सम्हाल्न आऊ व्यथा बढेको दिन ।
यो शिर ओताउन आऊ झरी परेको दिन ॥

अँध्यारोले ढाकेको क्षण जीवन थाकेको क्षण ।
दियो जलाई आऊ जुन ढलेको दिन ॥

सपना टुट्दा यहाँ झस्केर दुख्छ यो मन ।
सहास लिएर आऊ आँशु खसेको दिन ॥




(यो गजल संगीतकार दीपक भट्टराई द्वारा संगीतबद्ध तथा गायक जगदीश समाल द्वारा स्वरबद्ध भईसकेको छ -सम्पादक)

No comments:

Post a Comment